१० माघ, काठमाडौं । डा. गोविन्द केसीको अनसन स्थगित गर्न सुझाव दिँदै केदारभक्त माथेमा, लीलामणि पौड्यालसहितले आइतबार सरकार र संसदलाई सयुक्त रुपमा ध्यानाकर्षण गराउँदै मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्वन्धी विधेयक अघि नबढाउन माग गरेका छन् । विधेयक फिर्ता नभए विधेयकविरुद्ध दृढतापूर्वक उभिने बताएका छन् ।
तर, माथेमा प्रतिवेदनको सुझाव र मर्म प्रतिकूल हुने गरी एउटा नाफामूलक निजी संस्थालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूप दिन कानुन निर्माण गर्ने गरी विधेयक अघि बढाएकोमा असन्तुष्टि जनाएको छ । उनीहरूले चिकित्सा शिक्षा आयोग गठनको भने स्वागत गरेका छन् । डा. गोविन्द केसीले चिकित्सा क्षेत्रको सुधारका लागि माघ ११ गते देखि सुरु गर्ने भनेको आमरण अनशनप्रति आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।