२५ जेठ ०७४, रौतहट । नेपाल प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकर्तालाई रौतहटको चन्द्रपुरबाट विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।
चन्द्रनिगाहपुरमा रहेको होटेल सुदर्शनको कोठा नं. १०५ बाट ३० थान जिलेटिन, २२ थान डेटोनेटर, ४ थान फ्यूजसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु झापा आँपगाछिका दिलिप थापा र तारा थापा रहेको प्रहरी उपरीक्षक यत्र विनोद पोखरेलले जानकारी दिए ।
बुधवार राति हेटौडा बाट चन्द्रनिगाहपुर आएका दुवै जना चन्द्रनिगाहपुरको होटेलमा बास बसेका थिए ।
गोप्य सूचनाका आधारमा प्रहरीले दुवैजनालाई गए राति नै पक्राउ गरेको उपरीक्षक पोखरेलले बताए । उनीहरुको साथबाट ४ थान मोबाइल फोन र ग ३ प ३९११ नम्बरको मोटरसाइकल समेत बरामद गगरिएको प्रहरीले जानकारी दिएको छ ।