विप्लवलाई भेरी–कर्णाली इन्चार्ज लगायत नेताहरुले छाडे

२५ साउन ०७४, काठमाडौं  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भेरी–कर्णाली इन्चार्ज लगायत केन्द्र र जिल्ला तहका नेताहरुले पार्टी त्याग गरेका छन् ।

भेरी–कर्णाली इन्चार्ज तथा केन्द्रीय सदस्य गगनबहादुर खड्का (जीवन) र धवलागिरि ब्युरो इन्चार्ज महेन्द्र केसी (पारसमणि) साथै बाँके जिल्ला इन्चार्ज संगमलगायत केही जिल्ला नेताले पनि पार्टी परित्याग गरेका हुन् ।

विप्लव नेतृत्वको पार्टीले ‘क्रान्ति’ को तयारी नगरेको आरोप लगाउँदै उनीहरुले पार्टी विभाजनको लामो समयसम्म पनि औचित्य पुष्टि गर्न नसकेको, क्रान्तिको नारा मात्रै बाँडेको आरोप लगाएका छन् ।

खड्काले माओवादीबीच एकताको पहलकदमीका लागि पार्टी परित्याग गरेको बताएका छन् ।

नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले उनीहरुलाई पार्टीबाट कारबाही गरिएको बताएका छन् ।

तपाइको मत