१०८औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

अशाेक थापा

२४ फागुन ०७४, काठमाडौं । आज विश्वभर १०८ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

‘प्रेस फर प्रोग्रेस’ भन्ने नाराका साथ अन्तर्राष्ट्रियस्तरमा याे दिवस मनाइदै छ भने नेपालमा ‘संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ  मनाईंदैछ ।

नेकपा माअाेवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटीले पेरिसडाँडा काेटेश्वरमा “मर्यादित श्रमबजार समृद्ध नेेपालकाे मूूल अाधार, श्रम एेन, सामाजिक सुरक्षा एेन कार्यान्वयन हाम्रो अधिकार” भन्ने नाराका साथ  मनाएकाे छ ।

अन्टुफ महिला कमिटीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिध सभा सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्रयाक्सन इन्चार्ज जयपुुुरी घर्ती मगरले महिलालाई अंश र वंशकाे अधिकार प्राप्ति भएको बताएकी छन् ।

लामाे संघर्षपछि राज्यको नीति निर्माणका तहमा महिलालाई ३३ प्रतिशत अधिकार साथै अंश र वंशकाे अधिकार प्राप्ति भएको भन्दै माअाेवादी केन्द्रका कार्यालय सदस्य समेत रहेकी घर्ती मगरले अब महिला जनसंख्याको अाधारमा ५१ प्रतिशत अधिकारका लागि नयाँ संघर्ष जरुरी रहेको बताइन् ।

उनले संविधानमा प्राप्त अधिकार कार्यान्वयनमा चुनौती रहेको भन्दै अब बन्ने कानून पनि महिला मैत्री हुन पर्नेमा जोड दिएकी छन् ।

श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिंदै अन्टुफ अध्यक्ष गणेश रेग्मीले अधिकार प्राप्तिका लडाईंमा महिलाकाे ठूलो याेगदान रहेको बताए ।

साथै अध्यक्ष रेग्मीले मर्यादित श्रमबजार नेपालकाे मूल अधार भएकाले सामाजिक सुरक्षा एेन कार्यान्वयनमा दृढतापूर्वक लाग्नु पर्ने बताए ।

 

यसैगरी साे अवसरमा अन्टुफ उपाध्यक्ष उषा देवकोटा, महासचिव एवम् प्रदेश सभा ३ का सांसद जगत सिम्खडा, उपमहासचिव तथा प्रदेश सभा ३ का सांसद सुशीला पुनले महिला सशक्तीकरण गर्ने अभियानमा सबैलाई एकजुट भएर लाग्न अाग्रह गरेका छन् ।

समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको अाज १०८ वर्ष पूरा भएको छ ।

सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए ।

महिलाले आन्दोलन शुरु गरेको दिनलाई सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।

तपाइको मत