विमानस्थल अध्यागमन कार्यालयमा कर्मचारीलाई मोवाइल चलाउन रोक

१४ माघ ०७८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कर्मचारीलाई मोवाइल चलाउन रोक लगाइएको छ ।

अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो ।

अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको हो ।

उक्त कार्य भए/नभएको भने वरिष्ठ अध्यागमन अधिकृतले अनुगमन गर्न र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने गरी सूचना जारी भएको छ ।