११ असार, काठमाडौं । नेपालका लागि भारतको विशाखापटनम बन्दरगाह शुक्रबारदेखि औपचारिक रुपमा खुलेको छ ।
नेपालका मुख्य सचिव सोमलाल सुवेदीको उपस्थितिमा शुक्रबार पहिलो कार्गो छुट्दा विशाखापटनम बन्दरगाहमा रहेका दुबै देशका सरकारी अधिकारीहरुले हरियो झण्डा फहराएका थिए । विशाखापटनम बन्दगाह ट्रष्टका अध्यक्ष एम.टी. कृष्ण बाबु नेतृत्वको टोली र नेपाली टोलीले सँगै उभिएर झण्डा हल्लाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाललाई विशाखापटनम बन्दरगाह प्रयोग गर्न दिने समझदारी भएअनुसार यो बन्दरगाहबाट शुक्रबारदेखि नेपाली कन्टेनर चल्न थालेको हो ।