२ बैशाख ०७७, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट एक लाख १९ हजार बढी मानिसको मृत्यु भइसकेको छ । यस्तै उन्नाइस लाख २५ हजार भन्दा बढी मानिस संक्रमित देखिएका छन् ।
मंगलबार बिहानसम्म विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सीडीसी, एनएचएस साथै जेएचयु सीएसईईकाअनुसार एक लाख २५ हजार ४ सय ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
यस्तै विश्वभर उन्नाइस लाख २५ हजार ४ सय ४० जना संक्रमित देखिएकोमा चार लाख ४७ हजार ९ सय ७६ जना निको भइसकेको जनाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । पछिल्लो रिर्पोटअनुसार अमेरिकामा २३ हजार ६ सय ४४ जना मानिसको मृत्यु भइसकेको छ । यहाँ पाँच लाख ८७ हजार १ सय ५५ जनालाई कोरोना संक्रमण देखिएकोमा ३६ हजार ९ सय ४८ जना निको भइसकेका छन् ।
यस्तै कोरोना संक्रमणबाट इटालीमा बीस हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा सत्र हजार ७ सय ५६ जना, फ्रान्समा चौध हजार ९ सय ६७ जना, बेलायतमा एघार हजार ३ सय २९ जना, इरानमा चार हजार ५ सय ८५ जना, चीनमा तीन हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी बेल्जियममा तीन हजार ९ सय ३ जना, नेदरल्याण्डमा दुई हजार ८ सय २३ जना, जर्मनीमा तीन हजार १ सय ९४ जना, स्वीटजरल्याण्डमा एक हजार १ सय ३८ जना, ब्राजिलमा एक हजार ३ सय ५५ जना, टर्कीमा एक हजार २ सय ९६ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म स्वीडेनमा ९१९ जना, क्यानाडामा ७८० जना, पोर्चुगलमा ५३५ जना, अष्ट्रियामा ३६८ जना, इण्डोनेसियामा ३९९ जना, इक्वेडरमा ३५५ जना, आयरल्याण्डमा ३६५ जना, डेनमार्कमा २८५ जना, रोमानियामा ३३१ जना, दक्षिण कोरियामा २२२ जना, फिलिपिन्समा ३१५ जना, पोल्याण्डमा २४५ जना, मेक्सिकोमा ३३२ जना, भारतमा ३५८ जना, पेरुमा २१६ जना, डोमिनिकनमा १७७ जना, चेकियामा १४३ जना, जापानमा १४३ जना, नर्बेमा १३४ जना, इजरायलमा ११६ जना, मलेसियामा ७७ जना, सर्बियामा ८५ जना, रसियामा १४८ जना, युक्रेनमा ९३ जना, पाकिस्तानमा ९६ जना, पानामामा ९४ जना, कोलम्बियामा ११२ जना, अष्ट्रेलियामा ६१ जना, लक्जम्वर्गमा ६९ जना, चिलीमा ८२ जना, साउदी अरेबियामा ६५ जना, फिन्ल्याण्डमा ५९ जना, थाइल्याण्डमा ४० जना, दक्षिण अफ्रिकामा २७ जना, युएईमा २५ जना, सिंगापुरमा ९ जना, कतारमा ७ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : डब्लुएचओ, सीडीसी, एनएचएस साथै जेएचयु सीएसईई
हालसम्म स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा पाँच हजार ६ सय ९१ जनाको ल्याव परीक्षण गरिएकोमा पाँच हजार ६ सय ७७ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १४ जना संक्रमित देखिएका छन् । जसमा एक जना निको भइसकेको छ ।













