२९ असार ०७९, काठमाडौं । असार शुक्ल पूर्णिमाको दिन जन्मिएका वेदव्यासको सम्झनामा आज व्यास जयन्ती मनाइँदैछ ।
ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी बेदलाई सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराण रचना गरेका व्यासको स्मृतिमा व्यासजयन्ती मनाइएको हो ।
उनले पुराण र उपपुराणका माध्यमबाट अरूको उपकार गरे धर्म र अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।













