३१ बैशाख ०७६, राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–४ स्थित राष्ट्रिय प्राथामिक विद्यालय वेल्हा तिलेवोनामा लाखौँको चोरी भएको छ ।
सोमवार विद्यालयमा कोही नभएको मौका छोपी झ्याल र ढोकाको चावी फोरेर विद्यार्थीको दिवा खाजा कार्यक्रमको सामग्रीसहित एक लाख वरावरको सरसामान चोरी भएको हो ।
चोरहरुले फर्निचर, कागतपत्र, तेल, वनस्पति घ्यु, चना, चिउरा, भूजा, मैदा, वेसन, नुन, मरमसलासहित बालबालिकाको दिवा खाजा कार्यक्रमको सम्पुर्ण सामग्री चोरी भएको विद्यालयका प्रधानाध्याक तारनी प्रसाद चौधरीले जानकारी दिए ।
बालबालिकाको खाजा सामाग्री चोरी भएपछि बालबालिकालाई खाजा खुवाउन कठिनाई भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अशोक कुमार चौधरीले बताए । विद्यालयमा आयश्रोत नहुँदा बालबालिकालाई चाहेर पनि खाजा खुवाउन नसकी भोकभोकै कक्षाकोठामा राख्नुपर्ने वाध्यता रहेको उनले बताए ।
पुर्व–पश्चिम लोकमार्ग देखि सय मिटर र शसस्त्र प्रहरी वल नेपाल सुरक्षा वेसक्याम्प सितापुरको दुईसय मिटर दुरीमा रहेको विद्यालयमा पटक—पटक चोरी हुदा समेत चोर पत्ता लाग्न सकेको छैन । उक्त विद्यालयमा सोमवार राती समेत गरेर तेश्रो पटक चोरी भएको स्थानीय अभिभावकहरुले जानकारी गराए ।













