३१ असार ०७४, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ अध्यक्ष विजयी भएका छन् ।
वामपन्थी प्यानबाट अध्यक्षको उम्मेदवारी दिएका गुरुङले ४३४ मत ल्याएर प्रजातान्त्रिक समूहका विमल ढकाललाई ९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ढकालले ३४१ मत ल्याएका छन् ।
यसैगरी द्वितीय उपाध्यक्ष र कोषाध्यक्षबाहेकका अन्य पदमा पनि वामपन्थी प्यानलकै उम्मेदवारले जितेका छन् ।
गुरुङको व्यावसायिक (वामपन्थी) प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना विजयी भएका छन् भने तृतीय उपाध्यक्षमा शुक्र तामाङ विजयी भएका छन् ।
महासचिवमा नरेश गेलाल र सचिवमा र्इश्वर जिसी विजयी भएका छन् ।
ढकालको प्रजातान्त्रिक समूहबाट द्वित्तीय उपाध्यक्षमा भुवन गुरुङ र कोषध्यक्षमा राधिका कटुवाल विजयी भएका छन् ।
बिहीबार निर्वाचन भएको संघको पदाधिकारीहरुको मत परिणाम सार्वजनिक भए पनि सदस्यहरुको मतगणना भने आइसकेको छैन ।