२३ भदौ ०७७, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको व्याज साथै व्यवसायिक घरभाडा छुट गर्न माग गरेको छ ।
महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर सरकारले बन्दाबन्दी साथै निषेधाज्ञाका कारण उद्योग व्यवसाय समस्यामा सृजना भएको भन्दै उक्त अवधिभरको बैंकको व्याज र घरभाडा पूर्णरुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिनुपर्ने साथै आफूहरु बैंकको व्याज र व्यवसायको भाडा तिर्न सक्ने अवस्थामा नरहेको उल्लेख छ ।
उद्योगी व्यवसायीहरु सरकारले बनाएका नीति निर्देशनहरु सबै मान्न तयार रहेको भन्दै अध्यक्ष कटुवालले व्यवसायीलाई बाँच्ने आधार दिनुपर्ने बताएका छन् ।