१९ भदौ ०७४, काठमाडौं । व्यवस्थापिका संसदबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन विधेयक पारित भएको छ ।
संसदको सोमबार बसेको दोस्रो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयक संसदबाट पारित गरेको हो । दुवै विधेयक पारित गरेपछि अब आगामी मंसिर १० र २१ गते निर्धारित निर्वाचनका लागि निर्वाचन आयोगलाई चुनावी कार्यक्रम अघि बढाउन सजिलो भएको छ ।
भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा संलग्न ठहर भई सजाय भोगेका व्यक्तिले प्रदेश र संघीय संसदको चुनावमा उम्मेदवार बन्न नपाउने प्रवाधान कायमै रहेको छ ।
सो विधेयक पारित गर्न प्रस्ताव गृहमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेका थिए । राज्यव्यवस्था समितिबाट सोमबार नै विधेयक संसदमा पुगेको थियो ।