शहरी विकासमन्त्री गिरी पदबाट बर्खास्त

१७ पुस ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् ।

राप्रपाले गिरीलाई आफूखुसी सचिव परिवर्तन गर्न लागेको आरोप लगाई सरकारबाट फिर्ता बोलाएको पत्र पठाएपछि प्रधानमन्त्रीले उनलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।

उपप्रधानमन्त्री थापा र गिरीबीच पछिल्लो मन्त्रिपरिषद् बैठकमा भनाभन भएको भोलिपल्टै थापाले पार्टीको बैठक राखेर गिरीलाई फिर्ता बोलाउने निर्णय गराएका थिए ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई दिइएको छ ।

तपाइको मत