२४ असार, चितवन । हिन्दु युवा जनशक्ति संघ नेपालले शान्तिमन्त्री एकनाथ ढकाललाई धर्म प्रचारकको आरोप लगाउँदै उनलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
संघले चितवनमा रहेका अधिकांश बालगृह र निजी विद्यालयले क्रिस्चियन धर्म प्रचार गरेको र बालबालिकालाई बाईलब पढ्न लगाएको भन्दै शान्तिमन्त्री एकनाथ ढकालको विरोध गरेको हो ।
संघका अध्यक्ष विकास कुमार ठाकुर द्वारा हस्ताक्षरित विज्ञप्तिमा महिला बालवालिका कार्यालय र जिल्ला बालकल्याण समितिको अनुगमनका क्रममा घटनाको रहस्य खुले पनि सरकारले ठोस कदम उठाउन नसकेको भन्दै आपत्ति प्रकट गरेको छ ।
शुक्रवार एक विज्ञप्ती जारी गरेर युवा जनशक्ति संघले चितवनका बालगृह र निजी स्कुलमा असहाय गरिब बालवालिकालाई आवासिय सुविधासहित राखेर यशुको प्रर्थना गराउने गरेको प्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको हो ।