शिक्षा र स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : डा.केसीले अनसन बस्नु नपरोस्

२८ भदौ, काठमाडौं । प्रा.डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएपछि मंगलबार प्रधानमन्त्री प्रचण्डले शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र माथेमा आयोगका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका छन् ।

प्रधानमन्त्रीले डा. केसीको आठौं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न र उनले अनसन बस्नु नपर्ने वातावरण बनाउन शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् । छलफलपछि चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ ।

शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिन सचेत गराएको शिक्षामन्त्री धनिराम  पौडेलले बताए । साथै, उनले चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा दर्ता गरिने बताएका छन् ।

प्रा.डा. केसीले आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवदेन विपरीत सम्वन्धन दिन लागेको भन्दै २ गतेभित्र सम्झौता कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएका थिए भने सहमति कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं आमरण अनसन सुरु गर्ने चेतावनी दिएका थिए  ।

तपाइको मत