शितगङ्गाको क्वारेन्टाइनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना पुष्टि

४ असार ०७७, अर्घाखाँची । जिल्लाको शितगङ्गा नगरपालिकाको क्वारेन्टाइनमा आत्महत्या गरेका ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देव बहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको र त्यसको ११ दिनपछि मृतक विकको रिपोर्ट पोजेटिभ आएको हो ।

शितगङ्गा नगरपालिका ५ का वडाध्यक्ष कमल पौडेलले पीसीआर रिपोर्ट आएसँगै साँझ ५ बजे नेपाली सेनाले उनको शव व्यवस्थापन गरेको बताए ।