शुरु भयो छिन्नमस्तामा महायज्ञ : ५० लाख भन्दा बढी श्रद्धालु आउने अनुमान

१ करोड २५ लाख लागतमा विशाल मण्डप

sap 2 DSC00109

२८ चैत्र, राजबिराज । सप्तरीको प्रसिद्ध छिन्नमस्ता देवीको मन्दिर प्राङ्गणमा सोमबारदेखि दश दिवसीय लक्ष्य चण्डी रुद्रमहायज्ञ शुरु भएको छ ।

मुलुकको शान्ति एवम् मानव कल्याणार्थ आयोजना गरिएको महायज्ञ ‘जिउँदो देवी’को रुपमा प्रसिद्ध जगत जननी पाथिभारा देवी माताले उद्घाटन गरेकी छिन् ।

महायज्ञका लागि मन्दिर परिसरमा १ करोड २५ लाखको लागतमा ४० हजार वर्गफिटमा बनाइएको विशाल मण्डप भित्र रहेको यज्ञशालाको हवनकुण्डमा अग्नी प्रज्जवलन र पुजापाठ गरी प्रमुख अतिथि पाथिभारा देवी माताले महायज्ञको उद्घाटन गरेकी हुन् ।

उद्घाटनसँगै महायज्ञस्थलमा नेपाल तथा भारतका ३ हजार ५ सय आचार्य एवम् विद्वान पण्डितद्वारा पुजापाठ, हवन, श्रीभद्भागवत एवम् श्रीदेवी भागवत कथा वाचन लगायतका धार्मिक कार्यक्रम शुरु गरिएको छ ।

महायज्ञमा भारत, हरिद्वारका चारै पीठका आचार्यहरु समेत सहभागी भएका छन् ।

करिब २१ करोड खर्च हुने अनुमान
महायज्ञमा करिब २१ करोड खर्च हुने अनुमान गरिएको साथै महायज्ञ नेपालमा पहिलो र विश्वमै पाँचौ भएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश एवम् महायज्ञ आयोजक समितिका संयोजक महाकान्त ठाकुरले बताए ।

महायज्ञ अवधिभर श्रद्धालु भक्तजनहरुको सुरक्षा र सुविधाका लागि ३ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएको वरिष्ठ प्रहरी उपरीक्षक बलराम शर्मा पौडेलले जानकारी दिए ।

महायज्ञमा ५० लाखको हाराहारीमा श्रद्धालु भक्तजन आउने

sap.DSC00118
नेपाल तथा भारतका हिन्दु धर्मावलम्वी माझ ख्यातीप्राप्त यस मन्दिर प्रांगणमा आयोजना गरिएको १० दिवसीय महायज्ञमा झण्डै ५० लाखको हाराहारीमा श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छिन्नमस्ता मन्दिर संरक्षण सम्बद्र्धन समितिका कार्यवाहक अध्यक्ष राम नारायण यादवले बताए ।

उनले लाखौंको संख्यामा आउने भक्तजनका लागि स्वच्छ खानेपानी, शौचालय, रात बिताउनेका लागि उपयुक्त बास स्थान लगायतका सबै व्यवस्था मिलाइएको जानकारी पनि दिए ।

महायज्ञ अवधिभर रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभूती प्रदर्शन, बाल उद्यान, मीना बजार सहित मेलाको समेत अयोजना गरिएको यादवले बताए ।

तपाइको मत