शुसीला कार्कीप्रति कुनै आपत्ति छैन तर असंवैधानिक निर्णयलाई स्वीकार गर्न सकिन्न – सभामुख घर्ती

३० चैत, काठमाण्डौं । सभामुख ओनसरी घर्तीको अनुपस्थितिमा आइतबार बसेको संवैधानिक परिषद् बैठकको निर्णयको वैधानकिता र प्रक्रियामाथि प्रश्न उठेको छ ।
बिरामी भई सुमेरु अस्पतालमा भर्ना भएकी सभामुख घर्तीले नयाँ प्रधानन्यायाधीश नियुक्तिमा प्रश्न उठाएपछि नियुक्ति विवादमा फसेको छ । घर्तीले संवैधानिक परिषद् बैठक आफ्नो अनुपस्थितिमा अमानवीय भएको भन्दै अरु सदस्यहरुले लिएको निर्णय आफूले स्वीकार नगर्ने बताइन् ।

‘शुसीला कार्कीप्रति मेरो कुनै आपत्ति छैन’ भन्दै सभामुख घर्तीले असंवैधानिक तरिकाले भएको निर्णयलाई स्वीकार नगर्ने बताएसँगै सरकार र व्यवस्थापिकाबीच द्वन्द्व बढेको छ । सभामुख घर्तीले परिषद्को निर्णयमा हस्ताक्षर नगरेमा कोरम नै नपुग्ने अवस्था छ ।

तपाइको मत