२१ असार ०७९, काठमाडौं । मलेसियाको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक मलेसिया लैजाने भएको छ ।
मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल साथै लालधनुष इन्टरनेशनलबीच मंगलबार एक कार्यक्रममा द्विपक्षीय सम्झौता भएसँगै शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको हो ।
सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार सो कम्पनीमा उल्लेखित दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जानेछन् ।













