श्रमजीवि पत्रकारलाई न्याय दिन आफू लागि पर्नेछु – संचारमन्त्री

१८ साउन ०७४, काठमाडौं । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवि पत्रकारहरुलाई न्याय दिन आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै संचारमन्त्री बस्नेतले श्रमजीवि पत्रकारहरुलाई न्याय दिन आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संचारमन्त्री बस्नेतले पत्रकारहरुको भौतिक सुरक्षाको विषयमा गम्भीर रहेको बताउँदै न्यूनतम पारिश्रमिक नदिनुको कारण पत्ता लगाई समाधान गर्नेतर्फ आफू लाग्ने बताए ।

मन्त्री बस्नेतले आफू नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर मात्रै आफ्नो दायित्व पूरा हुनेमा आफू सचेत रहेकाले नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।

पत्रकारहरुको उचित पारिश्रमिक दिने व्यवस्थासहित बनाएको कानून कार्यान्वयनमा ल्याउन नेपाल पत्रकार महासंघले सरकारलाई दबाब दिँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •