४ फागुन ०७७, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले संघीयता कार्यान्वयनमा संघीय सरकारले भाँजो हालेको बताएका छन् ।
गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनमा संघीय सरकारले नै भाँजो हालेको बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले कृषि मन्त्रालयको उदाहरण दिँदै प्रश्न गरे, ‘मैले संघको कृषि मन्त्रालयको बजेट हेरेको, प्रदेशलाई गत वर्षभन्दा ४८ प्रतिशत बजेट घटाएको रहेछ । त्यसो किन गरेको ?’
‘नेपालमा संघीयताको मर्म बोकेर आएको प्रदेश सरकार हो । हामीसित यति धेरै माग छन्, यति धेरै समस्या छन् । प्रदेशलाई बजेट चाहिँ किन ७, ८ प्रतिशत मात्र दिइन्छ ?’
संघबाट १ खर्ब रुपैयाँको बजेट प्राप्त गण्डकी प्रदेशले १० वर्षभित्र एसियाकै नमूना गाउँ कस्तो हुन्छ भनेर देखाउने उनले बताए ।