१८ असार ०७७, काठमाडौं । प्रमुख विपक्षी नेपली कांग्रेसले विज्ञप्ति जारी गरेर संघीय संसदको अधिवेशन अन्त्य गरिएकोप्रति आपत्ति जनाएको छ ।
बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी संसदको अधिवेशन अन्त्य गरिएकोप्रति आपत्ति जनाएका हुन् ।
कांग्रेसले संघीय संसदको अधिवेशन निश्चित प्रक्रया पूरा नगरी अन्त्य गरिनु दुःखद रहेको बताउँदै भनेको छ, “अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ ।”
अधिवेशन अन्त्य गर्ने सवालमा सरकारले हठात अधिवेशन अन्त्य गरेको भन्दै कांग्रेसले प्रमुख प्रतिपक्षी दललाई पूर्व सूचनासमेत नदिइएको जनाएको छ ।