२ भदौ ०७५, काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अनानको निधन भएको छ ।
नोवेल शान्ति पुरस्कार समेत विजेता अन्नानको ८० वर्षको उमेरमा निधन भएको कोफी अनान फाउन्डेसनले ट्विटर पेजबाट घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनले यही क्रममा सन् २००१ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।
अनानले सन् १० वर्ष (१९९७ देखि २००६ सम्म) संयुक्त राष्ट्रसंघको महासचिव भएर काम गरेका थिए । अन्नान सातौ महासचिव हुन्।
अन्नान अफ्रिकन मुलबाट विश्वको उच्च कुटनीतिक ओहोदामा पुग्ने व्याक्ति हुन् ।