संविधानकाे रक्षा र कार्यान्वयनमा प्रेसकाे भूमिका महत्त्वपूर्ण – पम्फा भुसाल

५ असाेज ०७४, ललितपुर । नेकपा माअाेवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सबै चिजकाे प्रयाेग र दुरुपयोग हुने भन्दै संविधानकाे रक्षा र कार्यान्वयनमा प्रेसकाे भूमिका महत्त्वपूर्ण हुनुपर्ने बताएकी छिन् ।

प्रेस सेन्टर नेपाल ललितपुरले बिहीबार वडा दशैं, दीपावली, भिन्तुना तथा छठ पर्वकाे अवसरमा अायाेजना गरेकाे शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा प्रवक्ता भुषालले साे कुरा बताएकी हुन् ।

प्रेस सेन्टरले संविधानकाे रक्षा, कार्यान्वयन र पार्टीको पक्षमा सकारात्मक भूमिका खेल्नु पर्ने भन्दै प्रवक्ता भुषालले भनिन्, “सबै चिजकाे युज एण्ड मिस युज हुने रहेछ । अहिलेको मिडिया अन्तर्राष्ट्रियकरण भएको छ, जसलाई पार्टीको पक्षमा, अान्तरिक एकता सुदृढ गर्ने पक्षमा, पार्टीलाई एकढिक्का बनाउन सकारात्मक भूमिका खेल्न अाग्रह गर्दछु ।”

उनले मिडियामा अाएकाे समाचार हेरर, पढेर धाराणा समेत बनाउने भएकाले संविधान कार्यन्वयन अन्तिम चरणमा रहेकाले यसकाे रक्षा, कार्यान्वयन र विकास गर्दै समाजवादी क्रान्तिका अाधार तयार गर्न प्रेस सेन्टरले भूमिका खेेेेल्नुपर्ने समेत बताइन् ।

माअाेवादी केन्द्र परिवर्तनको संवाहक भएकाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाकाे चुनावमा पार्टीलाई अग्रस्थानमा ल्याउन पत्रकार र पार्टी बीचमा समन्वय हुनुपर्नेमा समेत उनले जाेड दिइन् ।

प्रवक्ता भुषालले उक्त चियापान कार्यक्रममा विप्लव नेतृत्वको पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ ललितपुर शाखाका सदस्य समेत रहेका विकाश भट्टराईलाई प्रेस सेन्टरमा प्रवेश गराइन् ।

तपाइको मत