३ असोज, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै मुलुकमा विकसित राजनीतिक घटनाक्रमले संविधानको कार्यान्वनमा गम्भीर चुनौति खडा गरेको बताएका छन् ।
अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा राजनीतिक दलहरुका बीचमा हाल सिर्जना भएको तिक्तता र असमझदारीले समेत संविधानको कार्यान्वनमा जटिलता खडा गरेको उल्लेख छ ।
उनले स्थानीय निर्वाचन बारे सत्तारुढ दलहरुबाट नै अनावश्यक विवाद र अन्यौल सिर्जना गरिएको भन्दै आगामी चैत महिनाभित्र स्थानीय चुनाव हुन नसके २०७४ माघ भित्र तिनै तहका चुनावहरु सम्पन्न हुन कठिन हुने बताएका छन् ।