८ पुस ०७४, राजविराज। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार राजविराजमा आयोजित कार्यक्रममा महतोले उक्त कुरा बताएका हुन् । उनले मधेशी जनताको जनादेशले मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिर गरे ।
उनले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाए अनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मधेशी जनताले दिएको जनाधिकार तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने बताए ।