२२ मंसिर, काठमाडौं । जापानको साताव्यापी भ्रमण सकेर स्वदेश फिर्ता भएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती नभन्न चेतावनी दिएका छन् ।
‘एमाले र कांग्रेसबीच विगतमा भएको सहमतिमा आधारित संविधान संशोधन प्रस्ताव कसरी राष्ट्रघाती भयो’ पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, मुलुकलाई निकास दिन सबै पक्षबीच सहमति हुनुको विकल्प छैन् ।’
उनले पाँच नम्बर प्रदेशका जनताको सहमति र दलहरुबीचको सम्झदारीमै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने धारणा पनि दोहोर्याए ।