२१ माघ, काठमाडौं । परिर्माजनसहित संविधान संशोधन विधेयकलाई अघि बढाउन सरकार र मधेसी मोर्चा सहमत भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको भोलिपल्ट मधेसी मोर्चाका नेताहरुलाई बोलाएर चुनावमा भाग लिन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव र निर्वाचनको तयारी सँगसँगै अघि बढाउने प्रतिवद्धता जनाएकाे तर मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने बताएकाे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।
बैठकमा संविधान संशोधन विधेयकमा गर्ने भनिएको परिर्माजनबारे सहमति खोज्ने र प्रक्रिया अघि बढाउने समझदारी भएको छ ।
यसको गृहकार्यका लागि तीन पक्षको एक एक सदस्य रहने कार्यदल यसअघि नै बनेको छ ।