संविधान संशोधन विधेयक एक कदम प्रगतिशील – नयाँ शक्ति

१६ मंसिर, काठमाडौं । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई नयाँ शक्ति नेपालले एक कदम प्रगतिशील भनेको छ ।

नयाँ शक्तिले प्रदेशहरुको सीमाङ्कन र नामाङ्कन पहिलो संविधानसभाको राज्य पुनर्संरचनासम्वन्धी समिति र पुनर्संरचना आयोगले तयार पारेको मान्यताका आधारमा गरिनु पर्ने बताएको छ ।

नयाँ शक्तिले सवै असन्तुष्टिहरुलाई संवोधन गर्ने गरी संविधान संशोधन गरी स्वामित्व र अपनत्व स्थापित गर्दै संविधानको कार्यान्वयन गर्नु पर्ने बताएको छ । साथै सरकारले दर्ता गराएको संशोधन प्रस्ताव एक कदम प्रगतिशील रहेको जनाएको छ ।

तपाइको मत