संवैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्रीलाई नेकपा सचिवालयको सुझाव

सोम बहादुर थापा/६ असोज ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टी एकताको बाँकी काम सम्पन्न गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय गरेको छ ।

यस्तै संविधानको मर्म र भावना बमोजिम संवैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्री ओलीलाई बैठकले सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै नेकपा सचिवालय बैठक पूर्वनिर्धारित चार एजेण्डा (मन्त्रिपरिषदको पुनर्गठन, संबैधानिक आयोगहरूको पूर्णता, पार्टी एकीकरणको बाँकी काम र विविध) केन्द्रीत भई छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेकपा सचिवालयको बैठक हिजो पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडा र आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई दिनसम्म बसेको थियो ।