संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर छु – प्रधानमन्त्री

११ पुस ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर भएको बताएका छन्।

मंगलबार चितवनको सौराहमा १४ औ चितवन हात्ती महोत्सवको उद्घानपछि बोल्दै देउवाले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले तीन चरणको चुनाव सम्पन्न भएसँगै देश विकासको ढोका खुलेको बताउँदै यसले नेपालमा रहेको लामो समयदेखिको संक्रमणलाई अन्त्य गरेको बताए ।

उनले चितवन र सौराहा पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले यी क्षेत्रको सुधार र विकासमा सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।

तपाइको मत