संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ – नेम्वाङ

१७ असार ०७९, काठमाडौं । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् ।

शुक्रवार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

‘अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन ।’ उपाध्यक्ष नेम्वाङले भने, ‘जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ ।’