३० चैत, काठमाडौँ । सरकारले प्रदेशको सीमांकन हेरफेरबाहेकका विषयमा नयाँ संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।
सरकारले मंगलबार संसदमा विचाराधीन संविधानको दोस्रो संशोधन विधेयक फिर्ता लिई नयाँ संशोधन विधेयक दर्ता गरेको हो ।
मधेसी दलहरूको चित्त बुझाउन प्रदेशको संख्या र सीमांकन हेरफेरको सिफारिसका लागि संघीय आयोग बनाउने र प्रदेशसभा गठन नभएसम्म संघीय संसद्ले प्रदेशसभाको सहमति नभए पनि प्रदेशको सीमांकन हेरफेर गर्न सक्ने नयाँ विधेयकमा प्रस्ताव गरिएको छ ।
विधेयकमा प्रदेशसभा गठनपछि पनि प्रदेशको संख्या र सीमा हेरफेरमा सम्बन्धित प्रदेशहरूको मात्रै सहमति भए पुग्ने व्यवस्था प्रस्तावित छ । संविधानको धारा २७४ मा बहुसंख्यक प्रदेशसभाको सहमतिमा मात्रै संघीय संसदको दुई तिहाइले प्रदेशको सिमाना परिवर्तन गर्न सक्ने व्यवस्था छ ।
यस्तो छ संसदमा दर्ता नयाँ संशोधन विधेयक:
















