संसद् सचिवालयले दियो सभामुखको राजीनामाबारे जानकारी

१५ असोज ०७६, काठमाडौं । संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे औपचारिक जानकारी गराएको छ ।

बुधबार सूचना जारी गर्दै सचिवालयका सचिव भरतराज गौतमले सभामुख महराले दिएको राजीनामाबारे जानकारी गराएका हुन् ।

सचिव गौतमले उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम २ अनुसार सूचना प्रकाशन गरेको प्रस्ट पारेका छन् ।

सभामुख महराले संसद् सचिवालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि मंगलबार दिउँसो राजीनामा दिएका थिए ।

तपाइको मत