२० पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीले संसद बैठक खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा सभामुख घर्तीले दलहरुबिच सहमति कायम गर्न र गराउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।
सभामुखले लगातार संसद बैठक अवरुद्ध हुँदै आएको र अबका दिनमा पनि अबरोध भए झन् राजनीतिक संकट गहिरिँदै जाने भन्दै संसद खुलाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नु भएको सभामुखका प्रेस विज्ञ बासुदेव शर्माले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले सहमतिका लागि सभामुख घर्तीले थालेको पहललाई सकारात्मक भएको बताउँदै संसद बैठक खुलाउन आफूले पहल गरिरहेको बताए ।













