८ पुस ०७७, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक संसद विघटनबारे मतैक्यता हुन सकेको छैन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बीच बैठकमै चर्काचर्की भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
ती नेताका अनुसार सभापति देउवा बैठक लम्व्याएर सडकमा जान हतार गर्न नहुने साथै सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । तर नेता पौडेलले कसले के भन्छ भन्ने छाडेर कांग्रेसले गर्ने त्यो भन्नु पर्नेमा देखिएका छन् ।
‘कसले के भन्छ भन्ने छाडौं, कमसेकम हामीले के गर्ने त्यो भनौं’ पौडेलको भनाई उदृत गर्दै ती नेताले भने, ‘संसद विघटन असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेर सडक जाऔं ।’
यस्तै बैठकमा गगन थापा र रामशरण महतले संसद विघटनलाई असंवैधानिक साथै अलोकतान्त्रिक भनेर संघर्षका जानुपर्नेमा जोड दिएका थिए ।