९ मंसिर ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले स्वतन्त्र न्यायपालिका र यसका प्रमुखसँग पार्टी सचिवालयका पेश भएको राजनीतिक प्रस्तावमा कुनै सम्बन्ध नरहेको कुरा प्रष्ट पारेको छ ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले मंगलबार प्रेस नोट जारी गरेर गत कार्तिक २८ गते पार्टी सचिवालयमा प्रस्तुत राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको बताएको हो ।
“यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ” सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।