२५ असाेज ०७४, काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिलमा कार्यवाहक अध्यक्ष नियुक्त गर्ने सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
बुधवार न्यायाधीश दिपकराज जोशीको इजलासले मन्त्री बस्नेतको निर्णय त्रुटिपूर्ण भन्दै कार्यान्वयनमा रोक लगाएको हो ।
अघिल्लो साता मन्त्रालयले काउन्सिलका सदस्य नवलकिशोर यादवलाई कार्यवाहक अध्यक्ष तोक्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो । बरिष्ठतमका आधारमा त्यसअघि नै किशोर श्रेष्ठ कार्यवाहक भएका थिए । मन्त्रालयलाई कार्यवाहक तोक्ने अधिकार नभएको भन्दै रिट परेको थियो ।













