२५ बैशाख ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले सत्तारुढ दलको इमानदार प्रयासले मधेसी मोर्चा चुनावमा सहभागी हुने बताएका छन् ।
नेता पोखरेलले सर्लाहीको लालबन्दीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधनको इमानदार प्रयास भइरहको उल्लेख गर्दै मधेसी मोर्चाले दोस्रो चरणको चुनावमा भाग लिने बताएका हुन् ।
मोर्चासँग भएको सहमतिमा प्रधानमन्त्री र सत्तारुढ दल एकदमै इमानदार भएर लागेको दावी गर्दै पोखरेलले साझा मुद्दा कार्यान्वयनका लागि मिलेर अघि बढ्नु पर्ने बताए ।