सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्री शर्माको निर्देशन

२७ साउन ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवा स्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थाले पछि उद्धार कार्य तीव्र बनाउन् निर्देशन दिएका छन् ।

शुक्रबार बिहान गृहमन्त्री शर्माले  ईटहरी सडक डिभिजनबाट २ वटा ठुला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका हुन् ।

बुधबार रातिदेखिको झरीका कारणले खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने अधिक संभावना भएकोले नदीलाई पुरानै धारमा फर्काउन चेन डोजरको प्रयोग गर्न लागेको हो ।

नेपाल प्रहरीका डिएसपी यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवानहरु उद्धार कार्यमा खटेका छन ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालका अनुसार बाढीका कारण हाल सम्म एक जनाको मृत्यु भई सकेको छ ।

तपाइको मत