१० बैशाख ०७९, सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेकाअनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव रहेका छन् ।













