२६ कार्तिक ०७४, राजविराज । मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनलाई जिताउन सप्तरीको मुल प्रचार प्रसार समितिले वडा वडामा प्रचार प्रसार समिति गठन गरेका छन् ।
क्षेत्र नं. २ का संयोजक सुखराम यादव र इन्चार्ज देवनाथ यादवको विशेष उपस्थितिमा बाम गठबन्धनलाई जिताउन ६ वटा वडामा प्रचार प्रसार समिति, युवा प्रचार प्रसार समिति, महिला प्रचार प्रसार समिति गठन गर्नुको साथै प्रत्येक स्थानमा वडा सचिवालय समेत गठन गरेका हुन् ।
वडा नं. १२ मा गोपीकृष्ण संयोजक र सत्यनारायण यादव सहसंयोजक रहने गरी २५ सदस्यीय वडा प्रचार प्रसार समिति, दिप नारायण रजक संयोजक र राजकुमार यादव सहसंयोजक रहने गरी १५ सदस्यीय युवा प्रचार प्रसार समिति, अहिल्या देवी यादव संयोजक र गुलाव देवी यादव सहसंयोजक रहने गरी १५ सदस्यीय महिला समिति गठन गर्दै ९ सदस्यीय सचिवालय र ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
त्यसैगरी वडा नं. १३ मा भूपेन्द्र यादव संयोजक र उमेश शर्मा सहसंयोजक रहने गरी २५ सदस्यीय वडा प्रचार प्रसार समिति, सियाराम यादव संयोजक र पप्पु मण्डल सहसंयोजक रहने गरी २१ सदस्यीय युवा प्रचार प्रसार समिति, सुनिता देवी चौधरी संयोजक र चन्द्रिका देवी यादव सहसंयोजक रहने गरी ११ सदस्यीय महिला प्रचार प्रसार समिति गठन गर्नुको साथै ९ सदस्यीय सचिवालय र ५ जनाको सल्लाहकार समिति गठन गरिएको छ ।
यस्तै राजविराजको वडा नं. ६ मा अमरेन्द्र चौधरी संयोजक र प्रेम यादव सहसंयोजक रहने गरी १५ सदस्यीय वडा प्रचार प्रसार समिति, सुरेश कुमार यादव संयोजक र संजय चौधरी सहसंयोजक रहने गरी १५ सदस्यीय युवा समिति र शान्ति देवी मेहतर संयोजक र निलम देवी सहसंयोजक रहने गरी १५ सदस्यीय महिला प्रचार प्रसार समिति गठन गर्दै ९ सदस्यीय सचिवालय र ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
त्यसैगरी वडा नं. २ मा बीरेन्द्र प्रसाद देव संयोजक र शिवनाथ दास सहसंयोजक रहने गरी २५ सदस्यीय वडा प्रचारप्रसार समिति सद्दाम हुसेन संयोजक र नरेन्द्र कर्ण सहसंयोजक रहने गरी युवा प्रचार प्रसार समिति, बबिता झा संयोजक र मिना देवी साह सह संयोजक रहने गरी महिला प्रचार प्रसार समिति गठन गरिएको छ ।
संयुक्त बाम विद्यार्थी निर्वाचन परिचालन समिति गठन
मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीले संयुक्त बाम विद्यार्थी निर्वाचन परिचालन समिति गठन गरेका छन् ।
बाम एकता, संविधान कार्यान्वयन संक्रमणकालकोअन्त्य, राजनीतिक स्थायित्व, दिगो विकास, शान्ति र विकासको बाटोतर्फ उन्मुख गराउँदै देशमा स्थिर र बलियो सरकार निर्माण गर्न बाम गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सहयोग गर्न अनेरास्ववियु क्रान्तिकारीले संयुक्त बाम विद्यार्थी निर्वाचन परिचालन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त बाम विद्यार्थी निर्वाचन परिचालन समितिको संयुक्त हस्तक्षरीत विज्ञप्ति मार्फत् जारी विज्ञप्ति २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी पटक–पटक फुट, विभाजन र एकताको इतिहाससँगै २०७३ को स्थानिय चुनावपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल हुँदै बाम एकता भएको जनाइएको छ ।
जिल्लास्तरीय संयुक्त बाम विद्यार्थी निर्वाचन परिचालन समितिको अध्यक्ष मण्डलमा २ सदस्य ललित नारायण रजक र अनिल भगत रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा राजेश कुमार निसाद संयोजक र शुशील आचार्य सहसंयोजक रहने गरी १ सय १ कमिटी गठन गरिएको छ । क्षेत्र नं. २ मा दिलीप कुमार यादव संयोजक र कौशलेश ठाकुर सहसंयोजक रहने गरी १ सय १ सदस्यीय समिति गठन गरेको छ ।
यसैगरी, क्षेत्र नं. ३ मा रामसेवक यादव संयोजक र रामचन्द्र यादव सहसंयोजक रहने गरी १ सय १ सदस्यीय समिति गठन गरिएको छ । निर्वाचन क्षेत्र नं. ४ मा गोविन्द कुमार गुप्ता संयोजक र रणधीर कुमार यादव सहसंयोजक रहने गरी १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।