सप्तरीमा वर्षाले पाँच करोड बराबरको ईट्टामा क्षति

देवराम यादव

१५ फागुन ०७६, सप्तरी । ईट्टा उद्योग ब्यवसायी संघ, सप्तरीले जिल्लामा वर्षाका कारण यस वर्ष करिब ५ करोड रुपैयाँ भन्दा बढी मूल्यको ईट्टामा क्षति पुगेको बताइएको छ ।

संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

संघका अध्यक्ष दुर्गानन्द साहले भने, ‘यसवर्ष पाँच पटकको वर्षाका कारण ५ करोड भन्दा बढी मूल्य बराबरको इट्टामा क्षति भएको पुगेको छ ।’

ईट्टा उद्योगमा पकाउन तयारी अवस्थामा राखिएको काच्चो ईट्टामा वर्षाले क्षति भएको उनले दाबी गर्दै ठूलो मात्रामा क्षति पुगेकाले राज्यबाट ईट्टामा लाग्ने कर छुटको माग गरेका छन् ।

यता केही भारतीय ब्यक्तिहरूले नेपालमा आएर स्थानीय ईट्टा उद्योगीसँग मिलेर तस्करी गरिरहेको आरोप लगाउँदै अध्यक्ष साहले ईट्टा उद्योगहरूले ईट्टा भट्टामा सि कार्वनको प्रयोग गरिरहेको आरोप समेत लगाए ।

कोइलाको अभाव र चर्काे करका कारण ईट्टा उद्योगको अबस्था जर्जर बन्दै गएको भन्दै अध्यक्ष साहले भारतबाट कोइला ल्याउन रोक लागेपछि विदेशबाट कोइला मगाउन महंगो पर्ने सँगै झन्झटिलो हुने भएकाले धेरै ईट्टा उधोग बन्द हुने अवस्थामा पुगेको बताए ।

एउटा उद्योगका लागि ६ सय देखि १ हजार टन कोइला आवश्यकता पर्ने चन्दै इण्डोनेसिया, अमेरिकाबाट कोइला मगाउन धेरै समय लाग्ने र भारतीय कोइला जस्तो क्वालिटी नभएको पनि अध्यक्ष साहले बताए ।

वर्षाका कारण र कोइला अभावका कारण ईट्टा भट्टामा भएको क्षतिले हाल ईट्टाको मूल्यमा १४ रूपैयाबाट २ रूपैया वृद्वि गरी १६ रूपैया पु¥याएको र सप्तरीमा वार्षिक १ करोड २५ लाख ईट्टा उत्पादन हुने गरेको बताए ।