१८ असोज ०७४, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सबै दलबीच सहकार्य गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।
नवलपरासीको देवचुलीमा कांग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।
नेता कोइरालाले कांग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गर्दै आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न आग्रह समेत गरे ।













