६ फागुन, काठमाडौं । काँग्रेसको सभापति पद उछिट्याउने दाउले नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले गर्भमा रहेको प्रधानमन्त्री कुर्सीमा एकअर्कालाई बस्न आग्रह गरेका छन् ।
बिहीबार देउवाले आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । उनले आफू वीपी र कोइराला परिवारकै मान्छे भएको दाबी गर्दै हिजो वीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको र गिरिजा प्रसाद कोइरालासँग अन्तिमसम्म नै काम गरेको बताए ।
देउवाले आफू सबैलाई मिलाउन तयार रहेको भन्दै पौडेललाई गर्भ मै रहेको प्रधानमन्त्री कुर्सीमा पु¥याउन सहयोग गर्ने बताए ।
तर, यता कार्यबाहक सभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग कुराकानी गर्दै शेरबहादुर देउवालाई नै भावी प्रधानमन्त्री बन्न आग्रह गरेका छन् ।