६ माघ ०७९, काठमाडौं । नेकपा एमालेबाट झापा–२, प्रतिनिधि सभामा निर्वाचित देबराज घिमिरेले सभामुखमा निर्वाचित भएपछि एमालेको पार्टी सदस्यता त्यागेका छन् ।
बिहीबार सत्ता गठबन्धनकातर्फबाट प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका घिमिरेले विज्ञप्ति जारी गरी एमालेको पार्टी सदस्यता त्यागेको जानकारी गराएका हुन् ।













