४ जेठ ०८२, काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ ।
आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले २५बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन् ।
सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताइन् । संवादका निष्कर्षको कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक रहेको उनले बताइन् ।
परराष्ट्रमन्त्री राणाले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठान गरिने उल्लेख गरिन् । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने साझा प्रतिबद्धताका लागि सगरमाथा सम्वाद ऐतिहासिक फोरम हुन पुगेको उनको भनाइ छ । अनलाइनखबरमा खबर छ ।













