मेडिकल कलेजलाई शुल्क समायोजन गर्न अनेरास्ववियुकोआग्रह

९ मंसिर ०७६, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारले दोस्रो पटक दिएको निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न मेडिकल कलेजहरुसँग आग्रह गरेको छ ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आइतबार प्रेस विज्ञप्ति जारी गरी सरकारले दिएको दोस्रोे निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न मेडिकल कलेजहरुसँग आग्रह गरेको हो ।

विज्ञप्तिमा सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह समेत गरेको छ ।

निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने जारी विज्ञप्तिमा उल्लेख छ ।