सरकारको काम गलत हो भने तपाईहरु कसरी सही हुनुहुन्छ ? – एमाले उपाध्यक्ष वामदेव गौतम

८ साउन, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा माओवादी केन्द्र आफैं संलग्न सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो भने माओवादीले चलाएका ८ मन्त्रालयबाट भएका काम पनि गलत थिए भन्ने पुष्टि हुने बताएका छन् ।

शनिबार संसदमा अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै गौतमले भने, ‘गृह, आपूर्ति, कृषि, शिक्षा जस्ता ८ मन्त्रालय चाहिँ सरकार होइनन् ? होइन भने  के नैतिकताले सरकारविरुद्ध अविश्वास प्रस्ताब ल्याउनुभयो ?’

‘सरकारको काम गलत हो भने तपाईहरु कसरी सही हुनुहुन्छ ?’ गौतमले संसदबाट माओवादीलाई प्रश्न गरे, ‘म आज दुःखी छु, केपी ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने कुरा नै प्रमुख हो भने, त्यसको निम्ति त मैले सहमति गरेकै थिएँ । सिग्नेचरमात्रै भएको थिएन । मैले गरेका सहमतिहरु मेरो तर्फबाट सधैंभरि लागू भएका छन्, ढिलो वा चाँडो यो पनि लागुहुन्थ्यो ।’

तपाइको मत