६ असोज, काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि झण्डै डेढ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च १ करोड ४० लाख व्यहोर्ने निर्णय भएको बताए ।
मधेसी मोर्चाले केही समय अघि मात्र घाइतेहरुको उपचार खर्चको विल गृह मन्त्रालयमा पेश गरेको थियो । यसैगरी सरकारले अल्ट्रा म्याराथन धाविका मिरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय गरेको छ ।
नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारीलाई नियुक्त गर्ने र सशस्त्र प्रहरी बलका ६ जना एआईजीको सरुवा तथा पदस्थापन गर्ने निर्णय पनि आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ ।













